काठमाडौं, १३ भदौ । गण्डकी प्रदेशसभाको मनाङ प्रतिनिधि सभा क्षेत्र नं। १ को प्रदेशसभा क्षेत्र नं। २ मा उपनिर्वाचन मिति तोकिएको छ। निर्वाचन आयोगले शुक्रबार बसेको बैठकले सो क्षेत्रमा मिति २०८२ कात्तिक १७ गते सोमबारका दिन उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालत, संवैधानिक इजलासको फैसला अनुसार प्रदेशसभा सदस्य राजीव गुरुङ ९दीपक मनाङे० अयोग्य ठहर भई मिति २०८१ कात्तिक २० गतेदेखि पद रिक्त भएको थियो ।
नेपालको संविधानको धारा १७६ ९८० अनुसार प्रदेशसभाको कार्यकालमा ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदा रिक्त स्थान उपनिर्वाचनमार्फत पूर्ति गर्नुपर्ने प्रावधानअनुसार आयोगले निर्वाचन मिति तोकेको हो ।
यसअघि रूपन्देही क्षेत्र नं। ३ को प्रतिनिधि सभा उपनिर्वाचन मिति २०८२ असोज १६ तोकिएकोमा त्यही उपनिर्वाचन प्रयोजनका लागि अद्यावधिक भएको मतदाता नामावली मिति २०८२ भदौ २५ मा प्रकाशन हुने र सोही नामावली मनाङको उपनिर्वाचनमा पनि प्रयोग गरिने आयोगले जनाएको छ ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईमा अनुसार, मतदाताको उमेर १८ वर्ष पूरा भएको कट–अफ मिति २०८२ कात्तिक १६ तोकिएको छ। निर्वाचन आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता तथा सम्पूर्ण सरोकारवालाहरूलाई सहयोगका लागि आग्रह गरेको छ।