Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

द्रुत गतिको स्कुटर बसमा ठोक्किँदा दुई युवकको मृत्यु


1.5K
Shares

द्रुत गतिको स्कुटर बसमा ठोक्किँदा दुई युवकको मृत्यु

काठमाडौँ, १३भदौः  काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित आकासे पुल नजिक रोकि राखेको बसमा तिव्र गतिमा हुँइकिएको स्कुटर ठोक्किँदा त्यसमा सवार दुई युवकको मृत्यु भएको छ ।

शुक्रबार विहान  झिसमिसेमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ होक्सेका २३ वर्षीय नितेश नेपाल र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिका–१ का २२ वर्षीय शिरीष पौडेलको उपचारका क्रममा मृत्यु भएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिनुभयो ।

सडक किनारमा बस राखेका त्यसका चालक दोलखाका सुवास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया प्रारम्भ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology