Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

वाइसीएलद्वारा गोरखामा श्रम तथा उत्पादन अभियानको थालनी , सिर्दि खोलामा तटबन्ध निर्माण सुरु


5K
Shares

वाइसीएलद्वारा गोरखामा श्रम तथा उत्पादन अभियानको थालनी , सिर्दि खोलामा तटबन्ध निर्माण सुरु

गोरखा, ११ भदौ : नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल गोरखाले बुधबारदेखि गोरखामा अभियानको श्रम तथा उत्पादन अभियानको औपचारिक सुरुवात गरेको छ । गोरखा नगरपालिका–१० र ११ को सिमानामा पर्ने सिर्दि खोलामा तटबन्ध निर्माणको कार्यलाई अघि बढाउँदै अभियानको प्रारम्भ गरेको वाइसीएल नेपालका केन्द्रिय सदस्य एव गोरखा जिल्ला इन्चार्ज सागर श्रेष्ठले जानकारी दिनुभयो ।

अभियानको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं गोरखा जिल्ला इन्चार्ज अमर तमुले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।

उहाँले श्रम तथा उत्पादन अभियानमा वाइसीएलले स्थानीय युवाहरुलाई जोड्दै जानुपर्ने बताउनुभयो । आम जनतालाई पनि जोडेर सहभागितामार्फत श्रमदान अभियानलाई सार्थक बनाउनुपर्ने बताउँदै, यस प्रकारका अभियानहरुले विकास र उत्पादनमा टेवा पुग्ने इन्चार्ज तमुले धारणा व्यक्त गर्नुभयो।

श्रमदान कार्यक्रममा वाइसीएल गोरखाका जिल्ला समिती, नगरसमिती, विभिन्न वडा, केन्द्रिय जिल्ला स्थित केन्द्रिय समितिका पदाधिकारीलगायत्का युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले सामूहिक श्रमद्वारा खोलामा ढुंगा र बालुवा प्रयोग गरी तटबन्ध निर्माण गर्दै स्थानीय किसानको खेतबारीमा पुग्ने सिंचाइ मार्गलाई सहज बनाउन लागेको हो ।
वाइसीएलले गोरखाका इन्चार्ज श्रेष्ठले पार्टीको नीति अनुरुप गोरखामा पनि वाइसीएललाई श्रम र उत्पादनसँग जोड्न अभियानको थालनी गरेको बताउनुभयो। यस अभियानलाई निरन्तरता दिने र स्थानीय समस्यालाई सामूहिक श्रमले समाधान गर्ने प्रतिबद्धता उहाँको भनाइ छ । वाइसीएलले जिल्लाका अन्य वडामा समेत श्रम गतिविधि विस्तार गर्ने योजना बनाएको छ ।

वाइसीएल नेपाल गोरखाद्वारा सुरु गरिएको श्रमदान अभियानले भौतिक संरचना निर्माणमा सहयोग गर्ने नभई, एकता, सहकार्य र उत्पादनमुखी समाज निर्माणमा समेत महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology