काठमाडौं , ८ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ दुई अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को निर्णय बमोजिम अध्यादेश जारी तत्काल जारी गर्नुभएको हो । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश (पहिलो संशोधन २०७७) र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन २०७७ )जारी भएको हो
। कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११४ को उपधारा( १) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको उल्लेख गर्नुभएको छ। सोमबार दिउँसो मन्त्रिपरिषद् बैठकले यी दुवै अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिसत मत पुर्याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ । यस्तै, संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा भने प्रमुख प्रतिपक्षी दलका नेताबिना नै संवैधानिक परिषदको बैठक बस्न र निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ ।
यस व्यवस्थाको प्रतिपक्ष दल नेपाली काँग्रेसले विरोध गरेको छ । सरकार निरंकुशतातर्फ जान खोजेको काँग्रेसले बताएको छ । यता, प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा मन्त्रिपरिषद् अनुमोदन गरी राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो । यसको सत्तापक्ष दलकै कतिपयले नेताहरुले समेत विरोध जनाएका छन् ।