काठमाडौं, ७ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको ‘स्थानीय तह संस्थागत स्वमूल्यांकन–२०८२’ मा माओवादी नेतृत्वका गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका पहिलो र गुल्मीको रुरुक्षेत्र गाउँपालिका दोस्रो स्थानमा परेका छन् । दुवै गाउँपालिकामा नेकपा माओवादी केन्द्रका जनप्रतिनिधिको नेतृत्वमा छन् ।
बेनीघाट रोराङ गाउँपालिकाको अध्यक्षमा कृष्ण बहादुर थपलिया विवेक र रुरुक्षेत्र गाउँपालिकाको अध्यक्षमा युवा नेता यदु ज्ञवाली रहेका छन् । यी दुवै गाउँपालिकाले शासन सुधार, सेवा प्रवाह र सामाजिक समावेशीकरणमा उल्लेखनीय प्रगति गर्दै स्वमूल्यांकनमा उत्कृष्ठता हासिल गरेका हुन् ।
यस उपलब्धिले माओवादी नेतृत्वका जनप्रतिनिधिहरूले जनमुखी शासन, पारदर्शिता र जिम्मेवार सेवाप्रवाहमा अग्रसर भएको प्रमाणित गरेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुसी व्यक्त गर्दै सम्बन्धित जनप्रतिनिधिलाई बधाई दिएका छन् ।