Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखामा छोरीलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा १ जना पुरुष पक्राउ


3.7K
Shares

गोरखामा छोरीलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा १ जना पुरुष पक्राउ

गोरखा, ६ भदौ । गोरखा प्रहरीले दुई छोरीलाई बलात्कार प्रयास गरेको भन्दै १ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिद लखन गाउँपालिका–३ का नाम परिवर्तन ‘०८२–०८३ क कुमार’ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका ब्यत्तीले गएको बुधकार साँझपख आफ्नै १५ बर्षिया र सहोदर दाजुका १३ बर्षिया छोरीलाई जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको हो ।

पिडित बालिकाहरु नाम परिवर्तन ‘०८२–०८३ घ कुमारी’ र ‘०८२–०८३ ङ कुमारी’ की आफन्तहरुबाट प्रहरीमा किटानी जाहेरी प्राप्त भएकोले आरोपित ‘क कुमार’लाई प्रहरीले पक्राउ गरी जबरजस्ती करणी उद्योगमा मुद्वा दर्ता गरिएको सूचना अधिकारी सुवेदीले बताउनुभयो।

उहाँका अनुसार शुक्रबार नै उनी बिरुद्व गोरखा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीको हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology