Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखा सदरमुकाममा यातायात ब्यवसायी र मजदुरलाई २ दिने प्रशिक्षण


1.7K
Shares

गोरखा सदरमुकाममा यातायात ब्यवसायी र मजदुरलाई २ दिने प्रशिक्षण

गोरखा, ६ भदै । गोरखामा यातायात ब्यवसायी र मजदुहरुको २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गोरखा दरौंदी यातायात सेवा कम्पनी प्रालिले आफुसंग आबद्व ब्यवसायी र मजुदरहरुलाई प्रशिक्षण प्रदान गरेको प्रशासनिक संयोजक गणेश बानियाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार भाद्र १ गते र ४ गते गरेर कम्पनीमा आबद्व रहेका करिब ४०० जनालाई प्रशिक्षण प्रदान गरिएको हो । सहभागीहरुलाई आफ्नो जिम्मेवारी, दायित्व, कानुनी उपचार, सवारी र यात्रुको सुरक्षाका बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।

गोरखा दरौंदी यातायात सेवा कम्पनी प्रालिका अध्यक्ष दिपक बोहराको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक भरत बहादुर बिक, प्रहरी निरिक्षक सरोज कार्की, अधिवक्ता यादव शर्मा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख समेतले प्रशिक्षण गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology