गोरखा, १ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशलाई स्वास्थ्य क्षेत्रको ‘हव’ बनाउने लक्ष्य रहेको बताउनु भएको छ । गोरखा सदरमुकामस्थित गोरखा एनपिआई हस्पिटलको आज समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकतामा राखेर चालु आर्थिक बर्षमा पनि कुल बजेटको १० प्रतिसत भन्दाबढी स्वास्थ्य क्षेत्रका लागि विनियोजन गरेको बताउनुभयो ।
गण्डकीलाई स्वास्थ्य पर्यटनको केन्द्र बनाउन सकिने सम्भावना औंल्याउँदै मुख्यमन्त्री पाण्डेले सोही उद्देश्यका साथ आफु मुख्यमन्त्री हुँदा १६५ वेड मात्र रहेको गण्डकी प्रदेश भित्र अहिले ६५० बेडबाट सेवा दिन सुुरु गरिसकेको जानकराी दिनुभयो । उहाँले स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र नीजि क्षेत्रमा लगानीको वातावरण तयार पारेर रोजगारी प्रसस्त अवसर सृजना गर्न सकिने स्पष्ट पार्नुभयो ।
‘‘नयाँ अवसर सिर्जना नगरी युवालाई विदेश पठाउनबाट रोक्न सकिदैन्, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘‘स्वास्थ्य क्षेत्रमा रोजगारी सिर्जना हाम्रो अर्को लक्ष्य हो, डाक्टर, नर्स र स्वास्थ्यकर्मीलाई अब प्रदेशमै आकर्षक रोजगारीको अवसर सृजना गर्नपर्छ भनेर लागि परेका छौँ ।’’
स्वास्थ्य क्षेत्रमा रोजगारीका पर्याप्त अवसर सिर्जना गर्न सकिने बताउदै मुख्यमन्त्री पाण्डेले अस्पताल र स्वास्थ्य संस्था विस्तारसँगै नीजि क्षेत्रलाई लगानीमा प्रोत्साहित गर्ने नीति सरकारले लिएको बताउनुभयो ।
“जनताको स्वास्थ्य सेवा सर्वोपरी हो, त्यसमा कुनै कमी हुनु हुँदैन, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “गण्डकी प्रदेश स्वास्थ्य क्षेत्रमा अब्बल बन्न सक्छ, तर त्यसका लागि स्वास्थ्य पूर्वाधारमा ठुलो लगानी अपरिहार्य छ ।” उहाँले नीजि क्षेत्रलाई लगानीका लागि प्रदेश सरकारको कुनै नीति तथा कानुन बाधक भए आवश्यक छलफल गरेर संसोधन गर्न तयार रहेको उहाँको भनाई छ ।