Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

पार्टी फुटाउन सक्ने गरी ल्याइएको कानुन संसोधन प्रति किन असहमती जनाए ओली समुहकै ज्ञवालीले ?


3K
Shares

पार्टी फुटाउन सक्ने गरी ल्याइएको कानुन संसोधन प्रति किन असहमती जनाए ओली समुहकै ज्ञवालीले ?

काठमाडौं ८, वैशाख, । प्रधानमन्त्रीले पार्टी फुटाउन सक्ने गरी अध्यादेश मार्फत ल्याउनु भएको कानुन प्रति परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आपत्ती जनाउनु भएको छ । उहाँले सोमबार मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले ल्याएको अध्यादेशमा मन्त्री ज्ञवालीले समर्थन जनाउनु भएन । पूर्वमाओवादी समूहका मन्त्री वर्षमान पुन र माधव नेपाल निकट मन्त्री घनश्याम भुसालले असहमति जनाउनु अनौठो होइन ।

तर, ओली समूहकै नेताले प्रधानमन्त्रीको निर्णयलाई असान्दर्भिक बताउनुचाहिँ निकै नै गम्भीर विषय हो । नेकपाको उच्च स्रोतका अनुसार सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले ल्याएको दल त्यागसम्बन्धी ऐन संशोधनसम्बन्धी अध्यादेशमा मन्त्री ज्ञवाली, भुसाल र पुनले असान्दर्भिक भएको भन्दै असहमति जनाएका थिए ।

ओली समूहका नेता ज्ञवालीले अहिलेको अवस्थामा यस्तो अध्यादेश ल्याउनुको औचित्य पुष्टि नहुने बैठकमा बताउनु भएको थियो । तर प्रधानमन्त्रीले अरुको त कुरा सुनेनन्, आफ्नै समूहका मन्त्री पनि सुझावलाई गर्नुृभएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology