Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सरकारद्धारा पाटी फुटाउन सक्ने गरी कानुन संसोधन : के नेकपा बिभाजन हुने नै हो ?


2.9K
Shares

सरकारद्धारा पाटी फुटाउन सक्ने गरी कानुन संसोधन : के नेकपा बिभाजन हुने नै हो ?

काठमाण्डौ ८, बैशाख । सरकारले अध्यादेशमार्फत राजनीतिक दल त्यागसम्बन्धी कानून संशोधन गरेको छ । सरकारले ल्याएको अध्यादेशले आवश्यक परे पार्टी फुटाउनका लागि बाटो खोलिदिएको छ ।

राजनीतिक दलसम्बन्धी विद्यमान ऐनमा पार्टी फुटाउनका लागि केन्द्रीय कमिटी र संसदीय दल दुबैमा ४० प्रतिशत सदस्य आवश्यक पर्छ । आज मन्त्रिपरिषद्बाट संसोधन गरिएको अध्यादेशले पार्टी विभाजनका लागि संसदीय दलमा मात्र ४० प्रतिशत पुग्दा पनि विभाजनले मान्यता पाउने प्रावधान समेटिएको छ ।

यसैबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक बोलाइएको छ । मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै सचिवालय बैठक बोलाइएको हो ।

मन्त्रिपरिषद बैठको निर्णय बाहिरिएपछि नेताहरुले सचिवालय बैठक माग गरेपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भई सचिवालय बैठक बोलाइएको हो । बैठक अहिले बसीरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology