गोरखा २८ साउन ः गोरखाका चार जना युवा गैह्रआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको बिभिन्न च्याप्टरमा निर्विरोध निर्वाचित भएका छन् । जिल्लाको भीमसेन थापा गाउँपालिका–३ टारीफाँट स्थायी घर भएका कृष्णप्रसाद भट्ट एनआरएनए कनेक्टिकट च्याटरको अध्यक्ष निर्विरोध निर्वाचित हुनुभएको हो ।
उहाँ दोस्रो कार्यकालको लागि अध्यक्ष बन्न सफल हुनुभएका छ । त्यस्तै भीमसेन थापा–२, ओख्लेका डन्डपानी लामिछाने (बासु) एनआरएनए न्युयोर्क च्याटरको अध्क्षयमा निर्वाचित निर्विरोध निर्वाचित हुनुभएको हो । एनआरएनए कनेक्टिकट च्याटरका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद भट्टका अनुसार भीमसेन थापा गाउँपालिका–३ डाँडाबेशी घर भएका विप्लव लामिछाने युटाहा राज्यको अध्क्षयमा निर्वाचित हुनुभएको छ भने भीमसेन थापा २ ओख्ले घर भएका कुलप्रसाद ढकाल (केपी ढकाल) एनआरएनए क्यालिफोर्नियाको अध्यक्षमा निर्विरोध निर्वाचित हनुभएको छ ।
गोरखा स्थाई ठेगाना भई अमेरिकालाई कर्मथलो बनाउदै आउनु भएका चारै जना युवाहरु बिभिन्न च्याप्टरमा निर्विरोध बनेका हुन् । एनआरएनए अमेरिकाको आगामी कार्यकाल २०२५/२०२७ को निर्वाचन कार्यतालिका नजिकिए संगै एनआरएनए अमेरिकाको निर्वाचनको माहोल तातिएको उहाँको भनाई छ ।आगामी अगस्ट १६,१७ गते एनआरएनए अमेरिकाको निर्वाचन कार्यतालिका तोकिएको छ ।