Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

कुलिङ पिरियड गडबडी छानबिन प्रतिवेदन कार्यान्वयनबारे दलहरूसँग छलफल गर्दै सभामुख


721
Shares

कुलिङ पिरियड गडबडी छानबिन प्रतिवेदन कार्यान्वयनबारे दलहरूसँग छलफल गर्दै सभामुख

काठमाडौं, २७ साउन । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनबारे सभामुख देवराज घिमिरे छलफलमा छन् ।

उहाँले राजनीतिक दलका नेताहरूको समेत राय माग्ननुभएको छ । उहाँले आज बिहान ११ बजे संसदमा रहेका दलहरूका प्रमुख सचेतकहरूसँग राखेको संयुक्त छलफल भने स्थगित भएको छ ।

सभामुख घिमिरेले यसअघि पनि दलका नेताहरूसँग संवाद गरेका छन् । संसद् सचिवालयकै अधिकारीहरूसँग छलफल गरेका छन् ।

कुलिङ पिरियडको प्रावधान निश्कृय हुने भाषा समेत विधेयकको प्रतिवेदनमा परेको भनेर प्रश्न उठेपछि गठित संसदीय छानबिन समितिले गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको छ । यसमा संलग्न व्यक्तिलाई नैतिक प्रश्न उठाएको छ । प्रचलित ऐन अनुसार आवश्यक कारबाही हुन सक्ने भनेर समेत सुझाएको छ ।

यो अवस्थामा छानबिन प्रतिवेदन कार्यान्वयनको सम्बन्धमा सभामुख घिमिरेले सरोकारवाला पक्षसँग छलफल गरिरहेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology