गोरखा, २७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कारबाट गोरखाका पत्रकार सुशिलबाबु श्रेष्ठ (कैलाश) सम्मानित हुनु भएको छ । फोनिजको २६ औं स्थापना दिवसका अवसरमा श्रेष्ठ सम्मानित हुनु भएको हो ।
पोखराका व्यवसायी बिमलमान गुभाजुसहित उहाँको परिवारद्वारा स्वर्गीय बुवाआमा वेदमान गुभाजू र नेत्रकुमारी गुभाजूको स्मृतिमा स्थापित पुरस्कार यो वर्ष पत्रकार श्रेष्ठलाई प्रदान गरीएको फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङले जानकारी दिनुभयो । पत्रकार श्रेष्ठले लामो समयदेखि गोरखालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गदै आउनुभएको छ ।
श्रेष्ठले गोरखा पत्र दैनिक, हिमालय टाइम्स, राजधानी दैनिक, नेपाल एफएम काठमाडौं, रेडियो पालुङ मकवानपुर, रेडियो मुक्तिनाथ पाल्पा, रेडियो गोरखा, एभिन्यूज टेलिभिजन, गोरखा समाचार दैनिक पत्रिकामा काम गरी सक्नुभएको छ । अहिले उहाँ गोरखा समाचार डटकममा आवद्घ हुनुहुन्छ ।