पर्वत ७, बैशाख । पर्वतको फलेवास –३ शंकरपोखरीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आईतवार साँझ परेको चट्याङ लागेर घाइते भएकी २८ बर्षिय कल्पना भुसालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
चट्याङ लागे घाइते भईपर्वत अस्पताल ल्याउदै गर्दा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । उता बागलुङको जैमिनी नगरपालिका ५ बिनामारेमा चट्याङ पर्दा २ जना घाइते भएका छन ।
स्थानिय धनकुमारी थापा र अर्जुन थापा घाइते भएका नगर प्रमुख इन्द्रराज पौडेलले जानकारी दिनुभयो । घाइतेलाई उपचारको लागि धौलागिरी अञ्चल अस्पतालमा ल्याइएको छ