गोरखा ७, बैशाख । गोरखा उद्योग बाणिज्य संघ पालुङटार इकाईले लडडाउन अबधीभर अत्याबश्यक पसलहरु हप्ताको ३ दिन खोल्ने निर्णय गरेको छ । इकाइले आज सूचना जारी गर्दै खाद्यान्य, तरकारी, पानी, दुध, फलफुल, पशुपन्छीका दाना, चल्ला, मासुपसल र ग्यास लगायतका अत्याबश्यक पसलहरुलाई आईबार, मंगलबार र शुक्रबार मात्र खुल्ला गर्ने निर्णय गरेको हो ।
त्यस बाहेका सवै पसलहरु अर्को सूचना नभएसम्मका लागि बन्द गर्ने निर्णय इकाईले गरेको छ । इकाईका अध्यक्ष आशिष देवकोटाले जारी गर्नुभएको सूचना अनुसार बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुकी ३ बजेदेखि ६ बजेसम्म अत्याबश्यक पसलहरु खुल्ला रहने उल्लेख गरिएको छ ।
त्यस्तै आइतबारदेखि कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमको संक्रमणलाई ध्यानमा राखी तत्काल बाह्रय नाकाबाट नगरक्षेत्र भित्र खाद्यसामाग्री, तरकारी, फलफुल र मासुजन्य सामग्री ढुवानी नगर्ने निर्णय गरेको जनाइएको छ ।