Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

हलेसी गएका तीर्थयात्री चढेको गाडी दुर्घटना : १४ जना घाइते


1.4K
Shares

हलेसी गएका तीर्थयात्री चढेको गाडी दुर्घटना : १४ जना घाइते

खोटाङ, १९ साउन । खोटाङमा तीर्थयात्री चढेको गाडी दुर्घटना भएको छ । साउन १९ गते सोमबार बिहान सिराहाको तीर्थयात्री बोकेको प्रदेश २–०१००१ ज ००५३ नम्बरको माइक्रोबस सडकबाट पल्टिएको हो ।

हलेसीमा दर्शनपछि सिराहा फर्कदै गरेको गाडी हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको दौंते खोला नजिक पल्टिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार चालक सहित १६ जना यात्रु सवार थिए । एक जना यात्रु गाडीले च्यापिएको अवस्था भेटिएको र उहाँको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाइतेसहित अन्य १३ जना घाइतेलाई नजिकै रहेको उदयपुरस्थित घुर्मीमा एम्बुलेन्समार्फत प्राथमिक उपचारका लागि लगिएको छ ।

दुर्घटनामा परेका तीर्थयात्री सिराहाको नराहा नगरपालिका–५ बाट हलेसी दर्शनमा आएको बताइएको छ । घाइतेहरुको सबै विवरण खुल्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology