Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

नारायणगढबाट गोरखा आउदै गरेको बस ऐना पहरामा दुर्घटना ः ५ जनाको उद्वार, १ जना महिलालाई उपचारकोलागि चितवन लगियो


2.6K
Shares

नारायणगढबाट गोरखा आउदै गरेको बस ऐना पहरामा दुर्घटना ः ५ जनाको उद्वार, १ जना महिलालाई उपचारकोलागि चितवन लगियो

गोरखा, १८ साउन । नारायणगढबाट गोरखा सदरमुकाम तर्फ आउदै गरेको बस तनहुँको ऐना पहरामा दुर्घटनामा परेको छ । आँबुखैरेनी गाउँपालिका–२ को ऐना पहरामा दिउसो ४ः२० बजेको समयमा ग २ ख १०७७ नम्बरको बस दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको हो ।

दुर्घटनामा परेको बसबाट हालसम्म ५ जनाको सकुशल उद्वार गरिएको छ । उद्वार गरिएका मध्ये १ जना महिला गंभिर घाईते भएका कारण उपचारकोलागि चितवनको पुरानो मेडिकल कलेज लगिएको छ ।

चितवन लगिएका महिला शहिद लखन गाउँपालिका–६ की अन्दाजी बर्ष ४१ की सिनु थापा भएको प्रहरीले जानकारी दिएको छ ।

सोही दुर्घटनामा गोरखा नगरपालिका–९ का ५४ बर्षिय सन बहादुर गुरुङ समेत घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।

उद्वार गरिएका मध्ये ४ जनाको आँबुखैरेनी स्थित अस्पतालमा उपचार जारी रहेको छ । दुर्घटनामा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चालकका अनुसार बस भित्र अरु पनि यात्री भएको हुनसक्ने आशंकामा अहिले प्रहरीले क्रेनको सहायताले बसलाई उठाउने तयारी भइ रहेको छ ।

दुर्घटना भएको बसको अग्र भागमा पुग्न मुस्किल भएको कारण बस भित्र केही यात्रु च्यापिएको हुन सक्ने अनुमान गरिएको छ ।

विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology