Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

 मुख्यमन्त्री लामालाई पदत्याग गर्न आग्रह


1.2K
Shares

 मुख्यमन्त्री लामालाई पदत्याग गर्न आग्रह
वाग्मती, १६ साउन । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको छ ।
केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित हुनुभएका बानियाँले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मुख्यमन्त्री लामालाई हठ त्यागेर मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको हो ।
“उहाँले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नु भएकाले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्छ ”, आफ्नो र मुख्यमन्त्री लामाबीच मनमुटाव नरहेको स्पष्ट गर्दै नेता बानियाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology