Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

रञ्जितालाई नाउपा अध्यक्षबाट हटाएको जानकारी निर्वाचन आयोगमा


1.5K
Shares

रञ्जितालाई नाउपा अध्यक्षबाट हटाएको जानकारी निर्वाचन आयोगमा

काठमाडौं,१४ साउन । नागरिक उन्मुक्ति पार्टी नाउपाले रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । अध्यक्षले नै विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण देखाइ उहाँलाई अध्यक्ष पदबाट हटाइएको हो ।

पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि उहाँले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मा दिनुभएको थियो । त्यसको पार्टीभित्रैबाट विरोध भएको थियो ।

रामलाल डगौरा संयोजकत्वको अनुशासन समितिले चौधरीलाई २४ घण्टा भित्र स्पष्टीकरण सोधेको थियो । रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि उहाँलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले आयोगलाई दिएको हो ।

रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएको पत्र मंगलबार आयोगमा दर्ता भएको थियो । अनुशासन समितिले गरेको कारबाहीलाई मध्यबानेश्वरमा जारी राष्ट्रिय भेलाले अनुमोदन गर्ने छ । अनुशासन समितिमा सुनिता चौधरी र पुण्य बुढा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology