गोरखा, ७ साउन । कास्की प्रहरी अवैध लागूऔषध सहित गोरखा घर भएका १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भइ पोखरा महानगरपालिका १७ विरौटा बस्ने २८ वर्षीय प्रकाश गुरूङ भएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीले गुरुङको गोरखा घर कहाँ भन्ने बारेमा जानकारी दिएको छैन । गुरुङलाई महानगरपालिका(३२ लामेआहालबाट ३ किलो ५०० ग्राम सहित पक्राउ गरेको हो ।
कास्की प्रहरीले उनलाइ मंगलबार साँझ पक्राउ गरेको जनाएको छ ।
वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले गोरखाबाट पोखरातर्फ जाँदै गरेको ग.६ प १६३० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।