Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

जंगली बँदेलले टोकेर ३ जना घाइते


5.4K
Shares

जंगली बँदेलले टोकेर ३ जना घाइते

सर्लाही ७ बैशाख : सर्लाहीको मलंगवा नगरपालिका–६ खुटौनामा जंगली बँदेलको टोकाइबाट ३ जना घाइते भएका छन् । खेतमा काम गर्न गएको समयमा उनीहरुलाई बँदेलले टोकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घाइते हुनेहरुमा १८ वर्षीय रमेश राम, १३ वर्षीया काजल साह र २८ वर्षीय विजय साह रहेका छन् । रामको दाहिने तिघ्रामा बँदेलले टोकेको छ । उहाँको अहिले सर्लाही अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

बाँकी दुईजनाको स्थानिय मेडिकलमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology