Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

रूपन्देही उपनिर्वाचनको कार्यतालिका सार्वजनिक स् कात्तिक १७ गते मतदान


1.3K
Shares

रूपन्देही उपनिर्वाचनको कार्यतालिका सार्वजनिक स् कात्तिक १७ गते मतदान

काठमाडौँ, ४ साउन । निर्वाचन आयोगले रूपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा आउँदो कात्तिक १७ गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार स्वीकृत कार्यक्रम अनुसार २०८२ असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने छ र सोही दिन बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने छ।

यसैगरी, उम्मेदवारको विरोधमा उजुरी दिने मिति २०८२ असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। सोही दिन दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी असोज २३ गते साँझ ५ बजेदेखि ७ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय भएको छ ।

 

असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता तथा सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ६ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ।

निर्वाचन कार्यक्रम अन्तर्गत मिति २०८२ कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने छ ।

उहाँका अनुसार प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको छ।

रुपन्देही ३ का प्रतिनिधि सभा सदस्य दीपक बोहोराको चैत १९ गते निधन भएपछि रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

पोस्ट कोभिडको साइट इफेक्टले बोलीमा समस्या भएर लामो समयदेखि थेरापी गराउँदै आउनुभएका बोहोराको थेरापीका क्रममा अक्सिजनको मात्रा एक्कासी घटेपछि अस्पताल पु¥याउँदा ०८१ चैत १९ गते मृत घोषणा गरेको थियो ।

उहाँ २०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का तर्फबाट विजयी हुनुभएको थियो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन अनुसार प्रतिनिधि सभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी रहँदै कुनै प्रतिनिधि सभा सदस्यको स्थान रिक्त भएमा त्यो स्थानमा जुन प्रणालीमा पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पदपूर्ति गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology