Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

उत्तरी गोरखाको मनास्लु पदमार्गको ५३ स्थानमा थपिए मार्किङ पोल तथा साइनपोष्ट


1.3K
Shares

उत्तरी गोरखाको मनास्लु पदमार्गको ५३ स्थानमा थपिए मार्किङ पोल तथा साइनपोष्ट

गोरखा, ४ साउन । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई पदमार्गको पहिचान र पदयात्रामा सहजताका लागि ठाउँठाउँमा मार्किङ पोल तथा साइनपोष्ट थप गरिएको छ ।

मनास्लु सरंक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) ले आर्थिक बर्ष २०८१÷०८२ मा पदमार्गको बिभिन्न ५३ ठाउँमा मार्किङ पोल र साइनपोष्ट थप गरेको आयोजना कार्यालय गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालयले पदमार्गको ३५ स्थानमा पर्यटकलाई पदमार्गको जानकारी दिन साइनपोष्ट थप गरेको छ भने पदमार्गको १६ ठाउँमा मार्किङ पोल थप गरिएको हो । पदमार्ग अन्र्तगत नुब्री भ्यालीतर्फ लार्के बजारेदेखि भिमथाङसम्म बिभिन्न ठाउँमा मार्किङ पोल थपिएको छ ।

लार्के बजारदेखि भीमथाङसम्म अब कुल १२४ वटा मार्किङ पोल पुगेको छ । यसअघि १०८ वटा मार्किङ पोल मात्र रहेको थियो । त्यस्तै पदमार्गमा पर्ने चुमभ्याली तर्फ (गणेश हिमालतर्फ जाने पदमार्गसहित १९ वटा, नुब्री भ्यालीतर्फ १४ वटा र सिर्दीबासमा २ स्थानमा साइनपोष्ट थप गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख शेरचनले भन्नुभयो, ‘‘साइनपोष्टबाट मनास्लु संरक्षण क्षेत्रमा घुम्न पुग्ने पर्यटकलाई आफु कहाँ पुगेँ, आफु पुगेको ठाउँको उचाई, त्यसपछिको गन्तव्यमा पुग्न लाग्ने सम्भावित समय र त्यहाँको जंगली जनावरको बारेमा पनि थाहा पाउन सजिलो हुन्छ ।’’

त्यस्तै पदमार्गमा राखिएको मार्किङ पोलबाट हिउँ परेका बेला पदमार्ग हिउँले पुरिएर हराउने हुँदा पर्यटकलाई पदमार्ग पहिचानका लागि सहज हुने प्रमुख शेरचनले बताउनुभयो । चालु आर्थिक २०८२÷०८३ मा बिभिन्न २५ स्थानमा मार्किङ पोल र ३५ स्थानमा साइनपोष्ट राख्ने योजना रहेको एमक्याप गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology