दाङ, २८ असार । रुकुम पूर्वको सिस्ने गाउँपालिकाको कार्यालय सहयोगी कोठामा मृत अवस्थामा फेला परेकी छिन् । सिस्ने – ६ खोपिचारकी २३ वर्षीया कोइली शाही झुण्डिएको अवस्थामा कोठा भित्र शनिबार मृत फेला परेकी जिल्ला प्रहरी प्रमुख डिएसपी उमाशंकर प्रशाद यादवले जानकारी दिनुभयो ।
शाही सिस्ने –५ मा कोठा भाडामा बस्दै आउनुभएको थियो । डिएसपी यादवका अनुसार शनिबार महिला साथीहरु संगै घुम्न जाने योजना बनाउनुभएको थियो । उहाँका साथीहरुले फोन गर्दा नउठेपछि आसपासका चिनजानका मानिसलाई फोन गरी हेरिदिन आग्रह गरेका थिए ।
त्यहाँ पुगेर स्थानीयले बोलाउँदा पनि कुनै संकेत नगरेपछि बिहान ९ बजेपछि प्रहरीलाई सूचना दिइएको थियो । चुकुल लगाएको कोठा भित्र फोडेर हेर्दा उहाँ झुण्डिएको अवस्थामा मृत फेला परेकी डिएसपी यादवले जानकारी दिनुभयो ।
दिउँसो साढे १ बजेतिर मुचुल्का तयार पारी शब पोष्टमर्टमका लागि जिल्ला अस्पताल पठाइएको छ। प्रहरीका अनुसार आफन्त आएपछि पोष्टमर्टम सुरु हुने छ। उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ ।