गोरखा ६, बैशाख । गोरखा नगरपालिका गोरखाले नगरपालिका क्षेत्रभित्र अनाधिकृत रुपमा प्रवेश गर्ने व्यक्तिहरुलाई अनिबार्य क्वारेन्टाइनमा राख्ने भएको छ ।
नगरपालिकाले शनिबार एक सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड १९) को सभ्भावित संक्रमणको रोकथाम र न्युनीकरणका लागि जथाभावी नगरक्षेत्र भित्र प्रवेश गर्ने व्यक्तिहरुलाई अनिबार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।
नगरपालिकाका प्रमुख प्रसाकिय अधिकृत रामकृष्ण अर्यालद्धारा जारी सूचनामा भनिएको छ ‘ बैशाख ७ गतेदेखि नगरपालिका क्षेत्र भित्र अनाधिकृत रुपमा प्रवेश गर्ने सम्पूर्ण व्यक्तिहरुलाई नगरपालिकाद्धारा निर्माण गरिएको क्वारेन्टाइनमा अनिबार्य राखिने छ ।’