Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

बारपाक सुलिकोटद्धारा चालु आ.ब २०८१/०८२ मा ८७.५५ प्रतिसत वित्तिय प्रगती हासिल


1.3K
Shares

बारपाक सुलिकोटद्धारा चालु आ.ब २०८१/०८२ मा ८७.५५ प्रतिसत वित्तिय प्रगती हासिल

गोरखा, २७ असार : गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१/०८२ मा ८७.५५ प्रतिसत वित्तिय प्रगती हासिल गरेको छ । गाउँपालिकाले चालुु आर्थिक बर्षमा कुल ६५ करोड, ४९ लाख ३७ हजार बजेट बिनियोजन गरेकोमा ५७ करोड ३३ लाख ९६ हजार ६३१ रुपैयाँ ३१ पैसा खर्च गरिएको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सुवास आलेले जानकारी दिनुभयो ।

जस अन्तर्गत चालुतर्फ रु ४९ करोड ९४ लाख ९७ हजार बिनियोजन गरिएको ४३ करोड ८३ लाख ७ हजार ५४१ रुपैया ३१ पैसा खर्च भएको उहाँको भनाई छ । यो चालुतर्फ बिनियोजित बजेटको ८७ दशमलब ७५ प्रतिसत हो । त्यस्तै पुँजीगत तर्फ रु १५ करोड ४२ लाख ४० हजार बिनियोजन भएकोमा रु १३ करोड ५१ लख २२ हजार ८९ खर्च भएको प्रमुख प्रशासकीय अधिृकत आलेले बताउनुभयो ।

पुँजीगत तर्फ बिनियाजित बजेटको ८७ दशमलब ०४ प्रतिसत बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक बर्षमा स्विकृत भइ सम्पन्न भएका कार्यक्रम तथा योजनाहरुको रकम भुक्तानी सम्पन्न गरेर पालिकाको कुल बित्तिय प्रगती सार्वजनिक गरेको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology