Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

त्रिशूली नदी आसपास उच्च सतर्कता अपनाउन गण्डकी गाउँपालिकाको अनुरोध


2.3K
Shares

त्रिशूली नदी आसपास उच्च सतर्कता अपनाउन गण्डकी गाउँपालिकाको अनुरोध

गोरखा, २४ असार । गोरखाको गण्डकी गाउँपलिकाले त्रिशूली नदी आसपास उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
अविरल वर्षाका कारण त्रिशूली नदीको जलाधार क्षेत्रमा पानीको बहाव तीव्र भएको र नदीमा बाढीको सम्भावना देखिएकोले गण्डकी गाउँपालिकाले आज एक सुचना जारी गर्दै सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको हो ।

त्रिशूली नदीमा पानीको बहाव अचानक बढ्न सक्ने अवस्था उत्पन्न भएपछि गाउँपालिकाभित्र पर्ने त्रिशूली नदी आसपासका स्थानहरूमा बसोबास गर्ने नागरिक, विशेषतः नदी किनारमा रहेका व्यक्तिहरूलाई कुनै पनि गतिविधि नगर्न र नगराउन विशेष सतर्कता अपनाउन सुचना मार्फत सुचित गरीएको छ ।

नदी आसपासका क्षेत्रमा सुक्खा बेलामा पनि अचानक बाढी आउन सक्ने भन्दै, मानिस तथा पशुधनलाई नदी किनारबाट टाढा राख्न गाउँपालिकाले सबैमा आग्रह गरेको छ ।

गण्डकी गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण तथा आवश्यक सुरक्षाका उपायहरू अवलम्बन गर्न समेत सबै नागरीकहरुलाईअनुरोध गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology