काठमाडौँ २२ असार ः झापामा विषालु सर्पले डसेर एक बालकको मृत्यु भएको । कमल गाउँपालिका वडा नम्बर ४ का अन्दाजी १० वर्षीय नवीन विकको सर्पले डसेर मृत्यु भएको हो।
गएराति हजुरबुवासँगै भुइँमा सुतेका नवीनलाई कालो गोमन सर्पले खुट्टामा टोकेको थियो। बालकको घटनास्थलमै मृत्यु भएको कमल ४ का वडाध्यक्ष चन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
स्थानीय ज्योति आधारभूत विद्यालयमा अध्ययनरत नवीनका वुवा वैदेशिक रोजगारीमा रहेकाले उनि हजुरबुवा र हजुरआमासँगै बस्दै आएका थिए।