Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

आज पारित हुँदैछ बहुप्रतिक्षित शिक्षा विधेयक


1.7K
Shares

आज पारित हुँदैछ बहुप्रतिक्षित शिक्षा विधेयक

काठमाडौं, २२ असार । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले आजै विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने तयारी गरेको छ । समितिका सभापति अम्मरबहादुर थापाले आजै विधेयकलाई पारित गर्ने गरी तयारी गरिएको बताउनुयभो । ‘आजको बैठकबाट विधेयक पारित हुने सम्भावना छ,’ उहाँले भन्नुभयो ।

विधेयकमा पदपूर्तिको विषयमा सहमति जुट्न सकेको छैन । समितिले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने सहमति जुटाए पनि शिक्षकहरूले मानेका छैनन् ।

नेपाल शिक्षक महासंघले ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुनुपर्ने अडान राखेको छ । त्यस्तै, शिक्षकले आफूहरूलाई स्थानीय तहको मातहतमा राख्न नहुने माग राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology