Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपालसहित ६ देशको युट्युब ट्रेन्डिङमा सज्जनराज वैद्यको गीत ‘बेहुली’


2.5K
Shares

नेपालसहित ६ देशको युट्युब ट्रेन्डिङमा सज्जनराज वैद्यको गीत ‘बेहुली’

काठमाडौं, २२ असार । युवापुस्ताका चर्चित गायक सज्जनराज वैद्यको नयाँ गीत ‘बेहुली’ले इन्टरनेट प्लाटफर्ममा उत्साहजनक डेब्यु गरेको छ । रिलिजको २४ घण्टा नबित्दै यो गीत नेपालसहित ६ देशको युट्युब ट्रेन्डिङमा छ ।

यो गीत नेपालमा युट्युबको १० औं स्थानमा छ भने संगीत खण्डतर्फ दोस्रो स्थानमा छ । संगीत खण्डतर्फ अस्ट्रेलियामा आठौं, युएईमा १४, कुवेतमा १०, माल्टामा ३ र कतारमा ५ स्थानमा गीत स्ट्रिमिङ भैरहेको छ । शनिबार अपरान्ह रिलिज भएको गीतलाई अहिलेसम्म ६ लाखभन्दा धेरैपटक हेरिएको छ, जुन आफैमा उत्साहजनक अवश्य हो ।

अब प्रश्न उठ्छ(के यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा आउन सक्ला रु यसका लागि अझै एक साता प्रतीक्षा गर्नुपर्ने हुनसक्छ । ६ देशमा युट्युबको ट्रेन्डिङमा आएकाले त्यो सम्भावनाप्रति आशावादी हुनसक्छ ।

सज्जनराज र अभिनेत्री दिब्या रायमाझीको सांगीतिक सहकार्य भएकाले पनि यो गीत चर्चामा छ । दिब्याले आफ्ना अघिल्ला दुई फिल्म ‘एक्टर ः टेक वन’ र ‘पिताम्बर’बाट नपाएको प्रसिद्धी यो एउटै गीत पाउन सक्ने अनुमान गर्न सकिन्छ ।

यो गीतमा सज्जन र दिब्या दुबै फिचर्ड छन् । गीत रिलिज भएसँगै टिकटक र रिल्समाथि प्रयोगकर्ताले भिडियो बनाउन थालेका छन् । यो गीत भाइरल बन्नेतर्फ अग्रसर देखिन्छ ।

यो गीतको भिडियोको कोरियोग्राफी निकै आकर्षक छ । नेपाली समाजमा बेहुलीको हात माग्न जाने परम्परा, चलन र दृष्टिकोणको अवधारणामा नृत्य निर्देशन गरिएको छ । सज्जनको आफ्नो परिचित गायन शैली र मिठासको जादुले विशेषगरि जेनजी पुस्तालाई लोभ्याउने पक्का छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology