Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखाका ब्यवसायीहरुलाई चेम्बर अफ कमर्सद्धारा कर शिक्षा प्रदान


1.4K
Shares

गोरखाका ब्यवसायीहरुलाई चेम्बर अफ कमर्सद्धारा कर शिक्षा प्रदान

गोरखा, २२ असार । गोरखा सरदरमुकाम र वरपर रहेका ब्यवसायीहरुलाई कर सम्वन्धी शिक्षा दिईएको छ । गोरखा चेम्बर अफ कमर्सले शनिबार ब्यवसायीहरुलाई कर सम्बन्धी विभिन्न शिक्षा प्रदान गरेको अध्यक्ष रामस्वरुप श्रेष्ठले जानकारी दिनुभयो ।

चेम्बर अफ कमर्स र करदाता सेवा कार्यालयको संयुक्त आयोजनामा सहभागीहरुलाई आर्थिक विधेयक २०८२ ले विभिन्न कर ऐनहरुमा गरेको संशोधन लगायतका विषयमा कर शिक्षा प्रदान गरेको महासचिव अशोक रानाले बताउनुभयो । कार्यक्रममा कर अधिकृत राजेन्द्र प्रसाद कोइराला, डाटाईन्ट्री सुपरभाईजर पूर्ण तामाङले सहभागीहरुलाई प्रशिक्षण गराएको थियो ।

कार्यक्रममा चेम्बर अफ कमर्सका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, साधारण सदस्यूहरु, नेपाल ओमन चेम्बर, सौन्दर्यकर्मी तथा कस्मेटिक ब्यवसायी संघ, मसला तथा किराना ब्यवसायी संघ, क्यान महासंघ लगायत अन्य ब्यापारी, ब्यवसायी गरी करिब ५० जनाको सहभागिता रहेको महासचिव रानाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology