Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

धार्चे गाउँपालिकामा चालु आ.वमा १० किलोमिटरभन्दा बढी नयाँ सडक बिस्तार


2.4K
Shares

धार्चे गाउँपालिकामा चालु आ.वमा १० किलोमिटरभन्दा बढी नयाँ सडक बिस्तार

गोरखा २१ असार :  गोरखाको विकट धार्चे गाउँपालिका भित्र चालु आर्थिक वर्ष २०८१/०८२ मा करिब १०.५ किलोमिटर नयाँ सडकको ट्रयाक खोलिएको छ । सडकपूर्वाधार विकासमा पछाडी परेको गाउँपालिकामा पालिकाको पहलमा नयाँ सडकको ट्रयाक निर्माणको कामले तिव्रता पाएको हो । गाउँपालिकाले चालु आर्थिक बर्षमा गण्डकी प्रदेश सरकारको समपुरक अनुदानमार्फत काशीगाउँदेखि सर्जनवेशीसम्मको ६.५ किलोमिटर कच्ची सडकको ट्रयाक निर्माण गरेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ्गले बताउनुभयो ।

काशीगाउँदेखि सर्जनवेशीसम्मको सडक मार्ग नहुँदा त्यस क्षेत्रका स्थानीयबासीलाई निक्कै समस्या हुँदै आएको थियो । त्यस्तै गाउँपालिकाले रुन्चेत कमनन सडकमा १.७ किलोमिटर, २ दशमलव १ किलोमिटर स्यातहोङ हुन्दुपुक मोटरबाटो, खानीबेशी शाखा सडक नयाँ ट्रयाक १५० मिटर निर्माण सम्पन्न भएको उहाँको भनाई छ ।

धार्चे गाउँपालिकाले सडक नपुगेका गाउँमा सडकबाटो निर्माण र पुराना सडकको स्तरोन्नतीको काममा जोड दिदै आएको छ । जसअन्तरगत लाप्राक शाखा सडकमा ८०.५ मिटर सोलिङ, ५९६ मिटर ग्राभेल, ४२.५ घनमिटर सडकमा ग्याविन राख्ने काम सम्पन्न गरेको छ । त्यस्तै सोही सडकखण्डमा १ हजार ७३० मिटर नाली निर्माण र ३४९ मिटर सडकस्तरोन्नतीको काम भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अन्र्तगतको रेसे गुम्दा शाखा सडकखण्डमा २१२ मिटर नाली निर्माण, ५७८ मिटर रोट अपग्रेट ५४ घनमिटर ग्याविन, २९ घनमिटरको मसला गारो निर्माण गरेको छ । पालिका भित्रका अन्य सडक स्तरोन्नतीको काममा समेत पालिकाले तिव्रता दिदैँ आएको छ । गाउँपालिकाले पालिका भित्रको गोरेटो वाटोलाई थप व्यवस्थित बनाउन ढलान गोरेटो वाटो र सिढी बाटो निर्माणको काम अघि बढाएको पालिका अध्यक्ष गुरुङले बताउनुभयो ।

जस अन्तर्गत पालिका भित्र चालु आ.वमा ८५२ मिटर गोरेटो बाटो ढलान, ५.७ किलोमिटर सिढीबाटो निर्माण, ३४५ मिटर सोलिङ गोरेटो वाटो निर्माण गरेको छ । त्यस्तै गोरखा सदरमुकामदेखि गाउँपालिकाको केन्द्र जोड्ने आरुघाटदेखि माछीखोला सम्मको सडकलाई बर्खाका बेलापनि निरन्तर यातायात सञ्चालन हुनसक्ने गरि निर्माणका लागि आवश्यक पहल गरिहेको छ ।

यसले यात्रुहरूको सहज आवागमन, मालसामान ढुवानी, तथा वर्षायाममा हुने सडक बिग्रिने समस्यालाई न्युनिकरण गर्न सहयोग पु¥याएको छ ।  गाउँपालिकाले स्थानीय स्रोत साधन, जनश्रमदान र संघीय तथा प्रदेश सरकारमार्फत सडक पूर्वाधार योजना तिव्रगतिमा अघि बढाएको हो ।

“हामीले सडक योजनालाई विकासको मेरुदण्डका रूपमा लिएका छौँ, गाउँपालिका अध्यक्ष गुरुङले भन्नुभयो, “सडकले स्वास्थ्य, शिक्षा, व्यापार र पर्यटन विकासमा थप सहज हुनेछ भन्ने हाम्रो विश्वास छ ।” धार्चेका विकट गाउँमा सडक पहुँच बढ्दै जाँदा विस्तारै गाउँको समृद्धिको ढोका खुल्ने गाउँपालिकाबासीहरुको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology