Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

उत्तरी गोरखाको शिक्षा क्षेत्र क्षेत्रको समस्या समाधान गरी दिन शिक्षा मन्त्री समक्ष माग


987
Shares

उत्तरी गोरखाको शिक्षा क्षेत्र क्षेत्रको समस्या समाधान गरी दिन शिक्षा मन्त्री समक्ष माग

गोरखा १९ असार ।  उत्तरी गोरखामा देखिएको शिक्षा सम्बन्धी समस्याको समाधान गरीदिन शिक्षा मन्त्री समक्ष माग पत्र प्रस्तुत गरिएको छ । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले शिक्षा मन्त्री रघुजी पन्तलाई उत्तरी गोरखाको शिक्षा सम्बन्धी समस्याको समाधान गरीदिनु माग पत्र पेश गरेका हुन् ।

मन्त्रालयमा नै पुगेर अध्यक्ष लामाले उत्तरी भेगमा अवस्थित चुमनुब्री गाउँपालिका भौगोलिक बनावटको हिसाबले कटिन र क्षेत्रफलको हिसाबमा जिल्लाको ३६ प्रतिशत भु–भाग ओगटेकोभन्दै बजेट र अनुदानको आकार बढाइ दिन आग्रह गरेको बताउनुभयो ।

मन्त्री संगको भेटमा उहाँले गाउँपालिकाको केन्द्र जोडने सडक समेत नभएको अवस्थामा हरेर बिकास निर्माणका कार्यमा ढुवानीको कारणले लागत बढ्ने भएका कारण पनि बजेट र अनुदानको आकार बढाइ दिन आग्रह गरेको उहाँको भनाई छ ।

अध्यक्ष लामाले मन्त्रीको भेटमा आफुले हाल भईरहेको भन्दा १५० वटा आवसिय छात्राबास कोटा थप गरिदिन, ८ जना स्थायी राहत दरबन्धी शिक्षकको ब्यवस्था गरिदिन र मन्त्रालयले दिने शर्सत अनुदान कार्यक्रममा चुमनुब्री गाउँपालिकालाई प्रार्थमिकतामा राखिदिन आग्रह गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology