एजेन्सी, ६ बैशाख । विश्वभर फैलिएको कोरोना भाइरसबाट अमेरिकामा मात्रै ७ लाख भन्दा बढी संक्रमित भएका छन् । शनिबार ३१ हजार ६ सय ३१ जना थपिए सङ्गै संक्रमितको संख्या ७ लाख नाघेको हो । यश संगै अमेरिकामा कोरोना संक्रमित ७ लाख ९ हजार ७ सय ३५ पुगेको छ ।
त्यस्तै कोरोनाबाट अमेरिकामा सबैभन्दा धेरैको ज्यान गएको छ ।
हाल सम्म अमेरिकामा ३७ हजार १ सय ५४ जनाको मृत्यु भएको छ । ५९ हजार ९ सय ९७ जना भने निको भैसकेका छन् ।