गोरखा, १९ असार । गोरखा सदरमुकामको एक निजी बिद्यालयमा अध्ययनरत सर्बोत्कृष्ट अंक ४ जिपिए ल्याउने बिद्यार्थीलाई स्कुलले पुरस्कृत र सम्मान गरेको छ ।
गोरखा नगरपालिका–६ को अफिस एरियामा रहेको मोडर्न सेकेन्डरी बोर्डिङ स्कुलबाट एसईई दिएर सर्बोत्कृष्ट अंक ल्याउने सार्थक बगालेलाई एक कार्यक्रम बिच पुरस्कृत र सम्मान गरीएको प्रिन्सीपल सिताराम तिवारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बगालेलाई बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बावुराम तिवारीले दोसल्ला ओडाएर सम्मान पत्र दिएर सम्मान गरिएको थियो । सम्मानित हुने बिद्यार्थीलाई स्कुलको तर्फबाट नगद ४० हजार समेत प्रदान गरिएको थियो ।
सोही अवसरमा बिद्यार्थीहरुलाई सफल बनाउन अनबरत रुपमा सहयोग गरेकोभन्दै शिक्षकहरु हेमन्त आचार्य, सबिना सिंखडा, गोपाल खनखवास, रोशन नहर्की, गोमा सापकोटा अर्याल र बविता श्रेष्ठलाई समेत दोसल्लाह ओडाएर सम्मान गरिएको प्रिन्सीपल तिवारीले बताउनुभयो ।
उक्त स्कुलबाट ०८१ सालको एसईईमा ४१ जना बिद्यार्थीहरुले सहभागिता जनाएको थियो । उनीहरु सबैले राम्रो अंक ल्याउन सफल भएको पनि प्रिन्सीपल तिवारीले बताउनुभयो ।