गोरखा, १६ असार । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस खेतमा काम गरी दही चिउरा खाएर मनाइएको छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ ।
आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।
यसैविच गोरखामा हिजो बिभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस २०८२ मनाइएको छ । दिवसको अवसरमा गोरखा नगरपालिका–१० स्थित छेवटार र गण्डकी गाउँपालिकाको ज्यामिरेघाटमा धान रोपाई कार्यक्रम सम्पन्न गरिएको छ ।
कृषि ज्ञान केन्द्र गोरखाको आयोजनामा छेवेटारमा भएको रोपाइँ कार्यक्रम कार्यक्रममा कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रम मा बोल्दै डा.भट्टराईले धान उत्पादनलाई केवल जीवन धान्ने माध्यम नभई नेपाली सभ्यता, संस्कार र स्वाभिमानको प्रतीकको रुपमा लिनुपर्नेमा बताउनुभयो । उहाँले किसानको पसिनाको मोल, माटोको मूल्य र कृषकको श्रमको कदर गर्दै, वैज्ञानिक, न्यायसंगत र आत्मनिर्भर कृषि नीतिको विकास नै समृद्ध नेपालको मूल आधार बताउनुभयो ।
पूर्वप्रधानमन्त्री डा भट्टराईले कृषिमा आधुनिक प्रविधि र पूर्वाधारको विकाससहित सहज, सुरक्षित र समुन्नत प्रणाली लागू गर्न सकिएको खण्डमा कृषकको जीवनस्तर माथि उठ्ने र मुलुक आत्मनिर्भर बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख कार्यक्रममा कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख, स्थानीय जनप्रतिनिधि, प्राविधिक तथा किसानहरूको सहभागिता रहेको थियो ।
त्यस्तै धान दिवसको अवसरमा आजै गण्डकी गाउँपालिकामा रोपाइँ प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिेनाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि र कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । गाउँपालिकाको वडा नम्बर ७ स्थित ज्यामिरेघाट, मजुवामा आजै मध्यान्ह १२ बजेबाट विशेष धान दिवस कार्यक्रम आयोजना गरिएको छ । आयोजकले सबैलाई कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरेका छन् ।