Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

एघार महिनामा उनन्चालिस अर्बको धानचामल आयात


1.7K
Shares

एघार महिनामा उनन्चालिस अर्बको धानचामल आयात

काठमाडौँ, १४ असार । सरकारले मुलुकमा धानको उत्पादन र उत्पादकत्व बढाउन विभिन्न प्रयत्न गर्दै आएको छ । यही अभिप्रायले दुई दशकदेखि प्रत्येक १५ असारमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै आएको छ । धानको उत्पादनमा वृद्धि एवं आधुनिकीकरण र व्यावसायिकीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले २०६१ सालदेखि सो दिवस मनाइँदै आए पनि स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि ठुलो परिमाणमा धानचामल आयात हुने गरेको छ ।

यस वर्ष पनि ‘धान बालीमा सघनता स् खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासाथ २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइने भएको छ । कृषि विभागको आयोजनामा आइतबार सो दिवस मनाउन लागिएको हो ।

धान उत्पादन बढाउने पहल धेरै भए पनि कृषिप्रधान देशको स्थानीय उत्पादनले माग धान्न नसक्दा ११ महिनामा झन्डै ३९ अर्ब रुपियाँ बराबरको धानचामल आयात गरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१र८२ ११ महिनामा ९साउन–जेठ० ३८ अर्ब ९४ करोड रुपियाँको धानचामल आयात भएको छ । गत वर्ष सो अवधिमा २१ अर्ब १२ करोड रुपियाँ बराबरको धानचामल आयात भएको थियो । यो वर्ष झन्डै दोब्बर रकमले धानचामलको आयात बढेको तथ्याङ्कले देखाएको छ । चालु आवको ११ महिनामा सबैभन्दा धेरै २१ अर्ब १५ करोड रुपियाँ २६ करोड १९ लाख १९ हजार केजी धान आयात भएको छ । गत वर्ष सो अवधिमा १२ अर्ब ४३ करोड रुपियाँ बराबरको १५ करोड ३७ लाख आठ हजार केजी धान आयात भएको थियो ।

यस्तै चालु आवमा १७ अर्ब ७८ करोड ५७ लाख रुपियाँ बराबरको पाँच करोड ७३ लाख ६६ हजार केजी चामल आयात भएको छ । गत वर्ष सो अवधिमा आठ अर्ब ६९ करोड १६ लाख रुपियाँको दुई करोड ६९ लाख सात हजार केजी चामल आयात भएको थियो ।

यस वर्ष धानचामल आयातमा दोब्बरले बढेको तथ्याङ्कले देखाएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा ठुलो परिमाणमा आयात हुने गरेको हो । मुलुकमा धानको उत्पादन बढे पनि आयात पनि बढ्दै गएको तथ्याङ्कले देखाएको छ । कृषि विभागका अनुसार मुलुकमा वार्षिक ७० लाख मेट्रिक टन धानको माग रहेकोमा १० लाख मेट्रिक टन अपुग छ ।

विभागका महानिर्देशक प्रकाश सन्जेलले नेपालमा कम उत्पादन हुने मसिना तथा बास्नादार चामलको प्रयोगले गर्दा आयात बढी भएको जानकारी दिनुभयो । भारत सरकारले निर्यातमा कर घटाएका कारणले पनि धानचामलको आयात बढी भएको उहाँले जानकारी दिनुभयो । धानको उत्पादन बढाउन बर्खे धानको उत्पादनसँगै उत्पादकत्व र चैते धानको क्षेत्रफल विस्तार गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

धानको उत्पादन बढाउन चैते धान खेती दुई लाख हेक्टर क्षेत्रफलमा विस्तार गर्न सकिने उहाँले जानकारी दिनुभयो । हाल एक लाख १० हजार हेक्टर क्षेत्रफलमा छदेखि सात लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । आगामी आवको बजेटमार्फत दुई वर्षभित्रमा चैते धानको उत्पादन बढाएर आत्मनिर्भर बन्ने कार्यक्रम घोषणा गरिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो । धानको उत्पादकत्व प्रतिहेक्टर ४।१९ मेट्रिक टन रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology