Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

सडक भासिँदा ढुङ्गागाढे–खाब्दी भन्ज्याङ्ग सडक अबरुद्ध


1.2K
Shares

सडक भासिँदा ढुङ्गागाढे–खाब्दी भन्ज्याङ्ग सडक अबरुद्ध

गोरखा, ९ असार  : गोरखाको सहिद लखन गाउँपालिका–७, स्थित ढुङ्गागाढे भन्ज्याङ्ग नजिकै सडक भासिँदा ढुङ्गागाढे–खाब्दी भन्ज्याङ सडक पूर्णरुपमा अबरुद्ध भएको छ । गएराती परेको भीषण बर्षाले सडक भासिँएर दुईतर्फी नै सवारी आवागमन अबरुद्ध भएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।

गतबर्ष बर्षाले सामान्य क्षति पुगेको उक्त सडक समयमा मर्मत नहुँदा गएरातीको भीषण बर्षाले थप क्षति पुगेको हो । गएको बर्खादेखि नै सडक भासिँएर जोखिमपूर्ण अवस्थामा रहँदै आएको थियो । अहिले त चारपाङ्ग्रे साना ठूला कुनै पनि सवारी साधन सञ्चालन हुनसक्ने अवस्था छैन् ।

सहिद लखन गाउँपालिका प्रवेश गर्ने मुख्य सडक नै अबरुद्ध भएपनि उक्त सडकखण्ड हुँदै आवातजावत गर्ने यात्रुहरु समस्यामा परेका छन् । सडक भासिँएकाले मोटरसाइकल र पैदलयात्रुसमेत जोखिम मोलेर ओहोरदोहोर गर्नुपर्ने अवस्था बनेको छ ।

सडक पूर्वाधार विकास कार्यालय शनिबारदेखि सडक पुनःनिर्माणको काम सुरु गरेको भएपनि बर्षाका कारण निर्माण कार्य प्रभावित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology