गोरखा ५, बैशाख – गोरखाको पालुङटार नगरपालिका–४ मा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । स्थानीय अल्का चिलाउने भन्ने ठाँउमा गोठालो गएका उनिहरुलार्ई चितुवाले आक्रमण गरी घाइते बनाएको इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका इन्चार्ज गिताप्रसाद चौधरीले जानकारी दिनुभयो ।
चितुवाको आक्रमणबाट स्थानीयबासी २६ बर्षिय बिक्रम भण्डारी र १६ बर्षिय संकल्प भण्डारी घाइते भएका छन् । ‘खेतमा बाख्रा गोठालो गएका बेला पछाडीबाट एक्कासी चितुवाले आक्रमण गरेको रहेछ, सव डिभिजन बन कार्यालय ठाँटीपोखरीका प्रमुख अर्जुन अच्छामीले भन्नुभयो, घाइतेको हात, खुट्टा र ढाँडामा गहिरो चोट लागेको छ ।’
चितवाले आक्रमण गर्न थालेपछि दुवैजना चिच्याउदै प्रतिकार गरेका थिए । ‘पछाडीबाट चितुवाले आक्रमण गरेपछि उहाँहरुले फर्किएर प्रतिकार गर्न भ्याउनु भएछ, प्रमुख अच्छामीले भन्नुभयो, ‘त्यसबाट ठूलो दुर्घटना हुन पाएन, प्रतिकारमा चितुवा पनि मारिएको छ ।’ मारिएको चितुवा करिब १ बर्षको मात्र भएको र ६ फिट लम्बाईको रहेको उहाँले बताउनुभयो ।