Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

स्कुटर दुर्घटनामा गोरखाका एक युवकको मृत्यु


6.3K
Shares

स्कुटर दुर्घटनामा गोरखाका एक युवकको मृत्यु

गोरखा १, असार ः पृथ्वीराजमार्ग अन्तरगत पर्ने तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा आइतवार स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गोरखा नगरपालिका–१३ अबुवा देउराली बस्ने वर्ष २२ को आसिकबाबु नरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

दुर्घटनमा स्कुटर पछाडी बस्ने मृतकका बुवा कृष्णप्रसाद नराल घाइते हुनुभएको उहाँले बताउनुभयो । दिउँसो १ः४५ बजे दमौलीबाट डुम्रे जाँदै गरेको ग. २५ प. ४१३ नम्बरको स्कुटरको चालकले नियन्त्रण गुमाई सडकमा पल्टन जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि घाइते भएका दुवै जनालाई प्रादेशिक अस्पताल दमौलीमा उपचारका लागि ल्याइएकोमा छोरालाई मृत घोषणा गरिएको बुवालाई थप उपचारका लागि पोखरा लगिएको थापाले बताउनुभयो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology