Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

बजेटको विरोध गर्दै संसद्को बाल्कोनीमा उभिए कांग्रेस सांसद बजगाईं


2K
Shares

बजेटको विरोध गर्दै संसद्को बाल्कोनीमा उभिए कांग्रेस सांसद बजगाईं

काठमाडौं १ असार । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईं संसद्को बाल्कोनीमा पुगेर बजेटको विरोध गर्नुभएको छ ।

आइतबारको बसेको प्रतिनिधिसभा बैठकमा सांसद बजगाईंले बजेटको विरोध गर्दै बाल्कोनीमा पुगेर उभिनु भएको हो । बजगाईंले भौत्तिक पूर्वाधार मन्त्रालयले आफ्नो जिल्लामा आवश्यक बजेट नदिएको भनेर विरोध स्वरुप दर्शक दिर्घामा गएर केहीबेर बस्नुभएको हो ।

उहाँ गोरखाका जिल्लावासी समेत लिएर दर्शक दिर्घामा गएर बसेका बस्नुभएको हो । उहाँ संसद्को हाजिर गरेर दर्शक दिर्घामा जानुभएको हो । केही बसेर उहाँ सांसद बस्ने सभाकक्षमा पुनः जानुभएको छ ।

‘सम्माननीय केपी शर्मा ओली नेपालका प्रधानमन्त्री ज्यूलाई गोरखा लुकेको कर्णाली हो भन्ने विषय राम्रो ज्ञान छ,’ बजगाईंले भन्नुभयो, ‘बुढीगण्डकी परियोजना निर्माण गर्ने अठोट पनि छ ।  नेपालको अर्थतन्त्र चलायमान गर्न कहाँ–कहाँ अवरोध छन् त्यो पनि थाहै छ ।’

जानकारी हुँदा हुँदै सरकारले गोरखामा आवश्यक बजेट नदिएको र हरेक वर्ष विनियोजन हुँदै आएको रकम पनि कटौती भएको उहाँको गुनासो छ ।

साथै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालप्रति समेत उहाँको असन्तुष्टि छ । सांसद बजगाईं भन्ुभयो, ‘भौतिक पूर्वाधारमन्त्री जनताको मान्छे जस्तो लागेन । यसकारण विरोध स्वरुप दर्शक दिर्घामा गएको हुँ ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मन्त्रीले जनताको आवाज नसुनेको उहाँको आरोप छ ।

‘भौतिक पूर्वाधारमन्त्रीले नेपालको भूगोल र प्रजातन्त्रको आधारभूत तत्व भनेको नागरिकका मौलिक अधिकारहरू र स्रोत साधनको समान वितरण हो भन्ने बुझ्नु भएन ।’

प्रजातन्त्रको आधारभूत तत्व भनेको नागरिकका मौलिक अधिकारहरू र स्रोत साधनको समान वितरण रहेको तर, भौतिक पूर्वाधार मन्त्रालयको बजेट यसअनुसार आउन नसकेको उहाँले बताउनुभयो ।

उहाँ थप्नुहुन्छ, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले न प्रजातान्त्रिक मूल्यको मर्म बुझेका छन् न देशको भूगोलप्रति आवश्यक समझदारी राख्छन् । त्यसैले उहाँ गोरखा मात्र होइन, देशभरिका लागि बजेटको न्यायसंगत वितरण गर्न अयोग्य देखिए ।’

यसकारण दर्शक दिर्घामा गएर उभिएको उहाँको भनाइ छ ।

‘गोरखाली जनताको तर्फबाट म उहाँ भौतिक पूर्वाधारमन्त्रीको निर्णयको घोर भत्र्सना गर्दछु । पछिल्ला दुई आर्थिक वर्षमा हामीले गोरखाका लागि सुनिश्चित गरेको करिब चार दर्जन बजेट शीर्षकहरू उहाँले काटिदिनु भएको छ, जुन सरासर अन्यायपूर्ण र दुर्भाग्यपूर्ण छ,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology