Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

जथाभावी सडकमा छेकबार नगर्न गोरखा नगरपालिकाको निर्देशन


5.5K
Shares

जथाभावी सडकमा छेकबार नगर्न गोरखा नगरपालिकाको निर्देशन

गोरखा ५, बैशाख । गोरखा नगरपालिका गोरखाले नगरक्षेत्र भित्र कोरोना भाइरस (कोभिड १९ ) को रोकथाम र न्युनिकरणका बाहानामा सडकमा जभाभावी छेकबार नगर्न निर्देशन दिएको छ ।

नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामकृष्ण अर्यालले आज एक सूचना जारी गर्दै लकडाउन अबधीभर भन्दै नगरक्षेत्र भित्र आवातजावत रोक्ने काम भईरहेको पाइएकाले त्यस्ता कार्य तत्काल बन्द गर्न आग्रह गर्नुभएको छ ।

‘नगरक्षेत्र भित्र रुढ ढाल्ने, ढुङगामुडा राख्ने, बाँसका भाटा प्रयोग गर्न लगायतका अवान्छित क्रियाकलाप बाटो छेक्ने कार्य भइरहेको पाइएको छ, सूचनामा भनिएको छ, ‘ त्यस्ता कार्यले आकिस्मक जानुपर्ने सवारी साधन रोकिदा थप समस्या हुनसक्छ ।’

 

नगरपालिकाले सूचनाको वेवास्ता गरी जथाभावी सडक अबरुद्ध गर्ने, छेकबार गर्ने गरेका पाइए कानुन बमोजिम कारवाही हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology