Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

स्तरोन्नतीका लागि बारपाक सुलिकोटकास्थित धुन्चोकटार–सौरपानी सडकखण्ड बन्द


749
Shares

स्तरोन्नतीका लागि बारपाक सुलिकोटकास्थित धुन्चोकटार–सौरपानी सडकखण्ड बन्द

गोरखा ३१ जेठ ः स्तरोन्नतीका लागि गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित ढोडेनी–सौरपानी सडकखण्ड अन्र्तगत पर्ने धुन्चोकटार–सौरपानी सडकखण्डमा यातायात सञ्चालन बन्द भएको छ ।

गाउँपालिकाको वडा नम्बर ४ पर्ने सो सडक स्तरोन्नतीका लागि सडक ढलानको काम अघि बढाउन आजदेखि यातायात आवागमन पूर्णरुपमा बन्द गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

सडक ढलानको काम सम्पन्न नहुँदासम्म उक्त सडकखण्ड भएर सञ्चालन हुने सवारी साधनलाई बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको उहाँले बताउनुभयो । ढलानको काम शुक्रबारदेखि सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

बर्खाका बेला सवारी साधन सञ्चालनमा समस्या आउने भएकाले गाउँपालिकाले सडक निर्माणको कामलाई तत्काल अघि बढाएको अध्यक्ष भट्टको भनाई छ । निर्माण कार्य सम्पन्न भएसँगै सडक सुचारु गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology