गोरखा, २५ जेठ । नेकपा माओवादी केन्द्रको साहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट गोरखा जिल्लाका दुई जना उपाध्यक्ष र दुइजना सचिवमा निर्वाचित भएका छन् ।
आज सम्पन्न भएको सम्मेलनबाट गोरखाको पालुङटार नगरपालिका घर भएका वाइसिएलका नेता सुदिप नगरकोटी र सहिद लखन गाउँपालिकाका प्रेम श्रेष्ठ केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाका धिरज उपरकोटी केन्द्रीय सचिवमा निर्वाचित हुनुभएको छ । संगठनको केन्द्रीय सचिव सदस्यमा गोरखाबाट गुणराज खनाल, गुणराज खनाल, लक्ष्मी रम्तेल सुनिल मगर सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यस्तै केन्द्रीय सदस्यहरुमा गोरखाबाट सागर श्रेष्ठ ( भिमसेन), सुबास तामाङ्ग मिरा उपरकोटी, नर ब गुरुङ्ग निर्वाचित हुनुभएको हो । जेठ १९ गते काठमाडौमा सुरु भएको वाइसिएल तेस्रो राष्ट्रिय सम्मेलनमा सर्वसम्मत नेतृत्व चयनका लागि ढिलो गरी सम्मेलन सम्पन्न भएको हो ।