Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

सामुदायिक विद्यालयले कुनै पनि शुल्क उठाउन नपाउने


882
Shares

सामुदायिक विद्यालयले कुनै पनि शुल्क उठाउन नपाउने

तनहुँ, २० जेठ । तनहुँको भानु नगरपालिकाका सामुदायिक विद्यालयहरूलाई कुनै पनि शुल्क उठाउन प्रतिबन्ध लगाइएको छ । कक्षा नर्सरीदेखि माध्यमिक तहसम्म कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

निःशुल्क शिक्षा भनिए पनि अभिभावक सहयोग शुल्क, फारम शुल्क, परीक्षा शुल्कलगायतका विभिन्न बहानामा विद्यालय व्यवस्थापन समितिको निर्णय भन्दै शुल्क उठाउने कार्य हुँदै आएकाले प्रतिबन्ध लगाइएको भानु नगरपालिकाका सामाजिक शाखाका प्रमुख तथा वडा नम्बर १० का वडाध्यक्ष हरिहर उप्रेतीले जानकारी दिनुभयो ।

शुल्क नलिने कार्य व्यहारिक रुपमा लागू होस् भनेर परीक्षाका लागि लागि आवश्यक कापी, कलम, फोटो कपि, प्रिन्ट जस्ता स्टेशनरी खर्च नगरपालिकाले व्यहोर्ने निर्णय गरिएको वडाध्यक्ष उप्रेतीले बताउनुभयो । उप्रेतीले भन्नुभयो, ‘‘परीक्षा लगायतको कार्यका लागि आवश्यक स्टेशनरी खर्च बिल पेश गर्नुस् पालिकाबाट दिन्छौ, तर कुनै पनि शुल्क नउठाउन भनेका छौं ।’’

विद्यालयहरूले चलाखीपूर्ण तरिकाले शुल्क नभनेर चन्दा तथा सहयोग भनेर रकम उठाइरहेका छन् । निजी स्रोतका शिक्षकका लागि तलब खुवाउन, अङ्ग्रेजी माध्यमबाट पठनपाठन भन्दै विद्यालयहरूले शुल्क उठाउँदै आएको अवस्थामा शुल्क उठाउन प्रतिबन्ध लगाइएको उप्रेती बताउनुहुन्छ । शिक्षकको आवश्यकता परेमा दरबन्दी व्यवस्था पालिकाले गर्ने बताएको उप्रेतीले जानकारी दिनुभयो ।

सरकारको नीति अनुसार विद्यार्थीले निःशुल्क पढ्न पाउने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । शिक्षा ऐन, २०२८ संशोधन सहितको दफा १६ घ को उपदफा क मा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोग लिन सकिनेछ भन्ने व्यवस्थाको गलत प्रयोग गर्दै कतिपयले विद्यालयले अभिभावकबाट शुल्क असुलेको भन्दै नगरपालिकलो कुनै पनि शुल्क नलिन निर्देशन दिएको हो । संविधानमा माध्यमिक तहसम्म सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा भनेकाले कार्यान्वयनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology