गोरखा, २० जेठ । गोरखमा पत्रकार भीमलाल श्रेष्ठ प्रेस काउन्सिल नेपालको सदस्य मनोनित हुनुभएको छ । हिजो सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले श्रेष्ठ लगायत ६ जनालाई काउन्सिलको सदस्यमा नियुक्त गर्नुभएको हो ।
नवनियुक्त सदस्यहरूमा भिमलाल श्रेष्ठ, नकुल अर्याल, बालकृष्ण अधिकारी, पदमराज जोशी, निमा काफले र शान्तराम विडारी रहेका छन् ।