Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाका अधिकारी करिब ८१ किलो गाँजा सहित पक्राउ


1.4K
Shares

गोरखाका अधिकारी करिब ८१ किलो गाँजा सहित पक्राउ

गोरखा, १९ जेठ । अवैध लागू औषध गाँजा सहित गोरखाका १ जना यूवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पालुङटार नगरपालिका–१० बस्ने २८ बर्षका मधुसुदन अधिकारी भएको मकवानपुर प्रहरीले पुष्टी गरेको हो ।

अधिकारीलाई थाहा नगरपालिका–३ थानाबजारबाट ८० किलो १२० ग्राम गाँजा सहित इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । उनी संगै सिन्धुली दुधौली नगरपालिका–८ बस्ने २५ बर्षका नवराज खड्का पनी पक्राउ परेका छन् ।

दुवैलाई प्रहरीले बा ५ च ४४११ नम्बरको सुमो गाडीबाट पक्राउ गरेको हो । सोही गाडीको पछाडी ढोका र डिक्कीमा फल्स बटम बनाएर १३ वटा प्याकेटमा उक्त परिमाणको गाँजा फेला पारेको पालुङ प्रहरीले जानाकारी दिएको छ ।

गोरखाका अधिकारी उक्त सुमो गाडीको चालक र खड्का सोही गाडीमा रहेका यात्रु भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जना बिरुद्व आवश्यक अनुसन्धान सुरु भएको मकवानपुुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology