Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा सेवा समाज कतारको १३ औ अधिबेशन सम्पन्न


1.5K
Shares

गोरखा सेवा समाज कतारको १३ औ अधिबेशन सम्पन्न

गोरखा, १९ जेठ । गोरखा सेवा समाज कतारको १३औ अधिबेशन सम्पन्न भएको छ । हालै सम्पन्न अधिवेशनले अध्यक्षमा बिकास श्रेष्ठलाई चयन गरेको हो ।

ओमराज गुरुङले अध्यक्षता भएको उक्त अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा अर्जुन संग्रौला, उपाध्यक्षहरुमा राजेन्द्र पराजुली र रामचन्द्र गिरि, महासचिवमा रुद्र बहादुर भट्ट, सचिबमा पवन गुरुङ र पुर्ण बहादुर गुरुङ, कोषाध्यक्षमा अशोक श्रेष्ठ र सह कोषाध्यक्षमा दिनेश थापा चयन भएका छन् ।

त्यस्तैगरी, नगरपालिका तथा गाउँपालिका संयोजकहरुमा पालुङटार नगरपालिको संयोजकमा नन्दलाल श्रेष्ठ, सिरानचोक गाउँपालिकाको संयोजकमा सुर्य बहादुर गुरुङ, अजिरकोटमा राजु गुरुङ, शहिदलखनमा दिपक बि।क, सिरानचोकमा सुर्य बहादुर गुरुङ, अजिरकोटमा राजु गुरुङ र आरुघाट गाउँपालिकामा रश्मि गुरुङ चयन भएका छन् ।

सोही अधिवेशनले केन्द्रिय सदस्यहरुमा दुर्गा भुजेल, मालती गुरुङ, मदन बखाती र प्रदिप मल्ल ठकुरीलाई सर्व सम्मत रुपमा चयन गरेको छ ।

कार्यक्रम ग्लोवल गोरखा समाजका उपाध्यक्ष एवं गैर आबसिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको एकता महाधिवेशनबाट निर्वाचित मध्यपुर्व क्षेत्रीय उपसंयोजक तथा गोरखा सेवा समाज कतारको प्रमुख संरक्षक श्रीकृष्ण भट्टराईको प्रमुख आतिथ्यतामा भएको थियो ।

कायक्रममा गोरखा सेवा समाज कतारका संमक्षक द्वय बुधबल गुरुङ र राकेश श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology