Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

माओवादीको पदाधिकारी बैठकले के-के गर्‍यो निर्णय ?


1.9K
Shares

माओवादीको पदाधिकारी बैठकले के-के गर्‍यो निर्णय ?

काठमाडौं, १६ जेठ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्न पक्षमा पार्टीको अडान कायमै रहेको बताएको छ । शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्न अडानमै पार्टी रहेको निर्णय गरिएको प्रवक्ता अग्नी सापकोटाले बताउनुभयो ।

ुसंसदमा बजेट प्रस्तुत गर्न मात्रै दिएका हौं। गृहमन्त्रीले राजीनामा दिनुपर्ने यसअघिको निर्णय कायमै छ,ु सापकोटाले भन्नुभयो । आजको बैठकले माओवादीको मध्यपहाडी राजमार्गकेन्द्रित अभियान पुनः जेठ २१ गतेदेखि सुरू गर्ने निर्णय गरेको छ। यसअघि पोखरा पुगेर स्थगित भएको अभियान बिहीबार लमजुङबाट सुरू हुने प्रवक्ता सापकोटाले बताउनुभयो ।

बैठकले माओवादी केन्द्रसँग एकीकरण गरेको नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितका नेताहरू र नेपाः राष्ट्रिय पार्टीका नेताहरुको जिम्मेवारीबारे छलफल भएको सापकोटाले बताउनुभयो । साथै पार्टीको अन्य मोर्चा, जनवर्गीय संगठनहरूबारे पनि छलफल भएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology