Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

बूढीगण्डकी आयोजना निर्माणका लागि राजनीतिक समझदारी आवश्यक छ : अध्यक्ष दाहाल


2.7K
Shares

बूढीगण्डकी आयोजना निर्माणका लागि राजनीतिक समझदारी आवश्यक छ : अध्यक्ष दाहाल

गोरखा १४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि राजनीतिक समझदारी आवश्यक रहेको बताउनु भएको छ ।

गोरखाको सहिद लखन गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको आज समुद्घाटन गर्नुहुँदै उहाँले आयोजना निर्माण ढिलाइ भइरहेको भएपनि जुनसुकै हालतमा आयोजना निर्माण हुने बताउनुभयो ।

आयोजनाको मेडालिटी र स्रोत व्यवस्थापनका बिषयमा छलफल गर्दागर्दै निर्माणको काममा ढिलाइ भएको उहाँको भनाई छ । ‘‘बूढीगण्डकी आयोजना बन्छ, बनाउनै पर्छ, यो बहुआयामिक परियोजना पनि हो, उहाँले भन्नुभयो, म प्रधानमन्त्री भएका बेला बूढीगण्डकी आयोजना निर्माणका लागि सिंहदरबारमा जति बैठक बस्यो, त्यति बैठक अरु केहीका लागि बसेको छैन ।’’

ढिलै भएपनि आयोजना निर्माण अघि बढ्ने उहाँले स्पस्ट पार्नुभयो । ‘‘बूढीगण्डकी आयोजना निर्माणमा ढिलाई हुँदा जनतालाई धेरै पीडा भइरहेको छ, उहाँले भन्नुभयो, ‘‘यो आयोजना निर्माणका लागि निरन्तर पहल र प्रत्यन्न गरिरहेका छौ ।’’

संघीयतापछि पालिकाहरुका प्रशासकीय भवन सुविधा सम्पन्न बन्दै गएको भन्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष दाहालले अव भवन मात्र सुविधा सम्पन्न नभइ जनताले पाउने सेवा प्रवाह पनि परिणाममुखी र अर्थपूर्ण हुनुपर्नेमा जोडदिनुभयो ।

‘‘सिंहदरबार गाउँगाउँमा भनेर हामीले जे परिकल्पना गरेर संविधान बनाइयो, अध्यक्ष दाहालले भन्नुभयो, ‘‘जनताले सुविधा सम्पन्न भवनबाट छिटो, छरितो, सहज र सरल सेवा प्रवाह प्राप्त गर्न सकेमात्र त्यसको औचित्य पुष्टी हुनसक्छ ।’’ उहाँले पछिल्लोसमय सघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने कोसिस भइरहेको भन्दै गणतन्त्र पक्षधर सवै एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

‘‘मुख्य त जनतालाई आर्थिक विकास, सामाजिक न्याय र सुशासन दिने कुरा महत्वपूर्ण छ, जनताको समस्यालाई समाधान गरेर अघि बढ्नुपर्ने आवश्यकता पनि छ, उहाँले भन्नुभयो ‘‘यो संविधानका बिरोधीहरु अहिले सफल हुनसक्ने अवस्था त छैन, तैपनि यति गरियो भने संविधान विरोधीहरु आफै हराएर जान्छ ।’’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology